Logo
Logo

विद्यार्थी संगठनको घाटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने विप्लवको चेतावनी


882
Shares

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गरेका छन् । विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गर्दै उनले सामाजिक सञ्जालमार्फत विद्यार्थी संगठनको घाटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने चेतावनी दिएका हुन् ।

उनले सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको बताउदै विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक भएको उल्लेख गरेका छन् । उनले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति आफुहरुको पूर्ण समर्थन रहेको बताउदै आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढन सुझाव दिएका छन् ।

‘विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति हाम्रो पूर्ण समर्थन छ । आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ,’ उनले भनेका छन्, ‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ । जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएकाछन् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ ।

प्रतिक्रिया दिनुहोस्