Logo
Logo

प्रधानमन्त्री बालेनलाई भारतसँग महाकाली र लिपुलेकबारे कुरा गर्न हर्क साम्पाङको सुझाव


693
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्नसुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा मार्फत साम्पाङले प्रधानमन्त्री बालेनको भारत भ्रमणको समाचार बाहिरिएको भन्दै भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका हुन् ।

साम्पाङले फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै भनेका छन् , सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु… तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ ! भ्रमण उपलब्धिमूलक रहोस् ! महाकालीमा सिमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस् ! यति भए पुग्छ अहिलेलाई !

नेपाल सरकारले प्रधानमन्त्री बालेनको भारत भ्रमणको औपचारिक घोषणा गरिसकेको छैन । यद्यपी, परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेका बताएका छन् ।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्