Logo
Logo

युट्युबर रोशन पोख्रेललाई पक्राउ गरिएकोमा जेनजी मुभमेन्ट नेपालको कडा आपत्ति 


567
Shares

काठमाडौं । युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेनजी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्तिकै आधारमा पक्राउ गरिनु गलत भएको जनाएको छ ।

अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको विज्ञप्तिमा जनाइएको छ । विचार र अभिव्यक्तिलाई अपराधका रूपमा लिने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने मुभमेन्टको भनाइ रहेको छ । 

साथै, समान मापदण्डका आधारमा सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै एकतर्फी रूपमा व्यक्तिलाई लक्षित गरी गरिने कारबाही कानुनी राज्यको सिद्धान्त विपरीत भएको उल्लेख गरिएको छ ।

जेनजी मुभमेन्ट नेपालले पोख्रेललाई तत्काल रिहा गर्न माग गर्दै नागरिकको बोल्ने अधिकारको संरक्षण गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।

 प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरूलाई गाली गर्दै अपमानजनक सामाग्री बनाएको आरोपमा पाँचथरका रोशन पोखरेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्