काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार थिए र चुनाव जितेका थिए । आइतबार देवाही गोनाहीमै आयोजित कार्यक्रममा मेयरसाह सहित देवाही गोनाही नगरपालिका४ का अध्यक्ष रामप्रवेश पटेल, वडा नम्बर ९ को वडा अध्यक्ष बिरबहादुर साह आजपामा प्रवेश गरेका हुन् ।
आजप अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा स्वागत गरे ।










