Logo
Logo

उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन, काठमाडौंसहित ६ ठाउँमा घर-जग्गा


0
Shares

काठमाडौं । उद्योगमन्त्री गौरी कुमारी यादवले आफ्नो सम्पत्ति विवरणमा आफूसँग १८० तोला सुन रहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी सुन हुने मन्त्रीहरूमध्ये उनी एक रहेको देखिएको छ। उक्त सुन व्यापारमार्फत आर्जन गरेको उनको दाबी छ।

त्यसैगरी, उनको नाममा काठमाडौंमा एउटा घर तथा अन्य ६ स्थानमा जग्गा रहेको छ। तीमध्ये केही जग्गा बिग मार्टलाई लिजमा दिइएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ आम्दानी हुने गरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्