Logo
Logo

नेकपाका सबै कमिटीमा युवा सहभागिताको माग गर्दै अनसनमा भुवन सिंह विष्ट 


567
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका विभिन्न कमिटीहरूमा ६० प्रतिशत युवा सहभागिता हुनुपर्ने माग राखेर पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अनसन सुरु भएको छ ।

नेकपाको केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म ४० वर्ष मुनिका युवाहरूलाई ६० प्रतिशत सहभागिता गराउनुपर्ने माग राखेर भुवन सिंह विष्ट अनसन बसेका हुन् ।

युवाहरूलाई पार्टीले व्यवहारमा नसमेटेको भन्दै उनी विगत ३ दिन देखि अनसन बसिरहेका छन् । त्यस्तै, पार्टीको विशेष महाधिवेशनको मिति सार्वजनिक गरी ३ महिनाभित्र महाधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने उनको माग छ । 

केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने, प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा स्वीकार गरिनुपर्ने उनको माग छ । 

प्रतिक्रिया दिनुहोस्