Logo
Logo

नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा. गोंगलको निधन


1.2k
Shares

काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका संस्थापक निर्देशकसमेत रहेका गंगोलको ९२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार गर्ने तयारी गरिएको छ । डा. गोंगलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको छ ।

डा. गोंगलले आफ्नो चिकित्सकीय जीवनभर न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक गरेका थिए ।

करिब चार दशकसम्म वीर अस्पतालमामा सेवा दिएका डा. गोंगलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्