काठमाडौं । वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती र सिन्धुलीको आँपघारीमा अस्थायी डाइभर्सन बगाएको छ । अहिले यस क्षेत्रको राजमार्गमा यातायात आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ ।

शनिबार दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराएको थियो । राजमार्गन्गर्तत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो ।
वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको हो ।











