Logo
Logo

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने युवक पक्राउ


945
Shares

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता सङ्घ’ को वार्षिक रात्रिभोजमा गोली प्रहार भएको छ । बन्दुकधारीले सुरक्षा घेरा तोडेर आक्रमण गर्न खोजेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्कालै सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेका थिए ।

The current image has no alternative text. The file name is: arrested-2.jpg

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पछिल्लो ब्रिफिङमा घटनाबारे जानकारी दिँदै एकजना ‘सेक्रेट सर्भिस’ का अधिकारी घाइते भएको बताएका छन् । ट्रम्पका अनुसार निकै नजिकबाट गोली प्रहार भए पनि ती सुरक्षाकर्मीले लगाएको ‘बुलेट९प्रुफ ज्याकेट’ का कारण उनको ज्यान जोगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम चलिरहँदा अचानक गोली चलेपछि हलभित्र व्यापक अन्योल र त्रास फैलिएको थियो । बिबिसीका संवाददाताका अनुसार गोलीको आवाज सुनेपछि पत्रकार र अतिथि लामो समयसम्म टेबलमुनि लुकेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा मानिसहरू ज्यान जोगाउन भागाभाग गरिरहेको देखिन्छ ।

प्रहरीले आक्रमणकारीको पहिचान क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस एलेनका रूपमा गरेको छ । उनलाई नियन्त्रणमा लिई हाल नजिकैको अस्पतालमा उपचार भइरहेको वासिङ्टन डिसीका मेयरले जनाएका छन् ।

ट्रम्पका महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार पक्राउ परेका व्यक्तिमाथि अब अदालतमा औपचारिक रूपमा मुद्दा दर्ता गरिनेछ ।

राष्ट्रपति ट्रम्पले घटनाको केही समयपछि सन्दिग्ध व्यक्तिको तस्बिर र गोलीबारी सुरु हुनुभन्दा अगाडिको भिडियो समेत सार्वजनिक गरेका छन् । सुरक्षा संयन्त्रले यस घटनालाई राष्ट्रपतिको सुरक्षामा भएको गम्भीर लापरबाहीका रूपमा लिएर थप अनुसन्धान अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्