Logo
Logo

सुकुम्वासीको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली खटियो


441
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुम्वासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ । शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो ।

उनीहरुलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ । उनीहरुको अवस्था बुझ्न आयोगको टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको हो ।

उनीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले टोली अनुगमनका लागि खटिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले सुकुम्वासीहरुको व्यवस्थापनको सन्दर्भमा २०६९ सालमा सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै यही वैशाख ११ गते पत्राचार गरेको थियो । आयोगले २०६९ साल जेठ १ गते वास्तविक सुकुमवासीहरुको पहिचान गरी उनीहरुको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सरकारलाई भनेको थियो ।

साथै अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्