
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ ।
यहीबीच डाकिएको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।











