Logo
Logo

भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै


1.1k
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।

विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिने र प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय टुङ्गो लगाउने बताइएको छ ।

मिस्रीले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग मन्त्रालयमा कुरा गर्दै छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने अझै तय नभएको बताए । साथै उनले नेपालका परराष्ट्रमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको पनि बताएका थिए ।

यसअघि मोरिससमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबिच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणको विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री बालेनले भारतको निमन्त्रणा स्वीकार गरिसकेका छन् भने उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् । उनको भ्रमणअघि भारतबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल पठाइने जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्