Logo
Logo

अनेरास्ववियुको घोषणापत्र: नि:शुल्क शिक्षादेखि कालापानीसम्मका मुद्दा


441
Shares

काठमाडौं । नेकपा एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सचिवालय बैठकले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ ।

The current image has no alternative text. The file name is: akhil-sachiwalaya.jpg

त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा बसेको बैठकमा पदाधिकारीले विद्यार्थी संगठन प्रतिबन्ध लगाउने निर्णयविरुद्ध ‘बोल्न दे सरकार’ लेखेको कालो फेटा बाँधेर सांकेतिक विरोध जनाएका थिए । बैठकले शैक्षिक सुधार, राष्ट्रियता र जनजीविकाका सवालमा माग अघि सारेको छ ।

अखिलले आधारभूत तहसम्मको शिक्षा पूर्णतः निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षालाई पूर्णतः निःशुल्क बनाउनुपर्ने संवैधानिक अधिकारबारे सरकारला२ सम्झाएको छ । यस्तै, सार्वजनिक यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन ।

विद्यार्थीका गुनासो सुन्न ‘ANNFSU Student Outreach and Response Unit’ सञ्चालन गर्ने र विद्यार्थीहरूका लागि रिसर्च इन्टर्नसिपको व्यवस्था गर्न पनि माग गरिएको अध्यक्ष दीपक धामीले बताए ।

अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतको अतिक्रमणको विरोध गर्दै ती ठाउँबाट हुने भारत-चीनबीचको व्यापार सम्झौताप्रति सरकारको ध्यानार्षण गराएको छ ।

२०४६ सालपछि सार्वजनिक पदधारी नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयको स्वागत गर्दै (एमाले) बाट विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरूको समेत निष्पक्ष र पारदर्शी छानबिन गर्न अनेरास्ववियुको माग छ ।

महँगी नियन्त्रण, सुकुमबासी बस्तीका विद्यार्थीहरूको शैक्षिक व्यवस्थापन, विद्यालय क्यालेन्डर सच्याउनुपर्ने, विद्यार्थी संगठनमाथि विश्वविद्यालयमा लगाउन खोजिएको निषेधको पनि अखिलले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्