Logo
Logo

सुकुम्वासीहरूलाई सङ्गठित हुन हर्क साम्पाङको आह्वान 


378
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीले सुकुम्वासीहरूलाई सङ्गठित हुने आह्वान गरेको छ ।  सरकारले सुकुम्वासी बस्ती हटाउने अभियान चलाइरहँदा त्यसको विपक्षमा उभिएका पार्टीका अध्यक्ष हर्क साम्पाङले सङ्गठित गर्ने अभियानलाई पार्टीपंक्तिलाई समेत निर्देशन दिएका छन् ।

उनले भनेका छन्, ‘देशैभरका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूलाई सङ्गठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ ।’

उनले यो देश गरिबको पनि भएको भन्दै सुकुम्वासी र अव्यवस्थित बसोबासी एकता अभियानको संयोजन श्रम संस्कृति पार्टी पार्टीले गर्ने जनाएका छन् ।

साम्पाङले थपेका छन्, ‘सुकुम्वासी तथा अव्यवस्थित बसोबासी हो होसियार रहनु है ! सङ्गठित भई बस्नु ! सरकारको चाला ठिक छैन ! श्रम संस्कृति अभियन्ता हो निर्धा दुब्ला र गरिबहरूको पक्षमा उभिनु !’

प्रतिक्रिया दिनुहोस्