
काठमाडौं । एमाले नेता महेश बस्नेतकी श्रीमती अम्बिका र शोभा पाठकबीच माइतीघरमा भुतालाभुतुल भएको छ ।
सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका बेला आज शोभा पाठक, रस्मिला धामी लगायतका महिलाहरूमाथि आक्रमण भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार त्यसपछि दुईजनाबीच घम्साघम्सी चलेको थियो ।
प्रहरीले आएर उनीहरूलाई छुट्यायो र अम्बिका लगायतका महिलालाई लिएर हिँड्यो । घटनाको थप विवरण आउन बाँकी छ ।
शोभा पाठक केही दिनअघि महेश बस्नेतलाई कारबाही हुनुपर्ने भन्दै अनशन बसेकी थिइन् ।
तत्कालीन गृहमन्त्री गुरुङ उनलाई भेट्न पुगेका थिए । सुधनले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडिन् । अहिले उनको पुनर्वहालीको माग गर्दै आएकी छन् ।











