Logo
Logo

कांग्रेसले टुंग्यायो दलको नेता, प्रमुख सचेतक र सचेतक


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको नाम टुंगो लगाएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकमा बासना थापा र निश्कल राईलाई सचेतक बनाउने निर्णय गरेको हो ।

पाँचथरका आङ्देम्बे समानुपातिकतर्फ निर्वाचित सांसद् हुन् भने थापा दैलेख– १ बाट निर्वाचित एक मात्र महिला सांसद हुन् ।

यस्तै राई इलाम– १ बाट प्रत्यक्ष निर्वाचित युवा सांसद हुन् । उनी पनि संसदीय दलको नेतामै चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्