Logo
Logo

नेकपाले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने


504
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

एक नेताका अनुसार महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ । दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्