Logo
Logo

विश्वराजको अभिव्यक्तिमा रवि लामिछानेको प्रतिक्रिया : ‘मालिक बन्ने ठाउँ रास्वपा होइन’


1.5k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले ‘मालिक’ बन्ने सोच राख्नेहरूका लागि रास्वपा उपयुक्त स्थान नभएको बताएका छन्। उनले पार्टीका सांसद विश्वराज पोखरेल लाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

The current image has no alternative text. The file name is: rabi-lamichhane-1.jpg

ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका सांसद पोखरेलले केही दिनअघि आफ्नो जिल्लाको एक पालिकामा प्रधानाध्यापकले स्वागत नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै थर्काएको घटना बाहिरिएको थियो।

प्रधानाध्यापकमाथि उनले देखाएको व्यवहारको सर्वत्र आलोचना भएपछि पोखरेलले पछि सार्वजनिक रूपमा क्षमायाचना गरेका थिए। यही विषयमा सोमबार सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै लामिछानेले भने, “जसलाई मालिक बन्न मन छ, त्यसका लागि रास्वपा होइन। हामी मालिक होइनौँ, सेवक हौँ। यो हेक्का सबैलाई हुनुपर्छ। मालिक बन्ने चाहना हुनेहरूका लागि अन्य ठाउँ हुन सक्छ।”

उनले सार्वजनिक रूपमा क्षमा मागिसकेको अवस्थालाई स्वीकार्दै पनि यस्ता घटनाबाट अन्य नेताहरूले पाठ सिक्नुपर्ने बताए। लामिछानेले आफूहरू सत्ता वा हैकमका लागि नभई सेवाभावका साथ राजनीतिमा आएको दाबी गरे।

“सबै साथीहरूले यसलाई मध्यनजर गर्नुपर्छ। यस्ता सोच मानसपटलमा भए पनि व्यवहारमा देखिनु हुँदैन,” उनले भने।

यसैबीच, सिन्धुलीमा प्रहरी हिरासतमा एक दलित व्यक्तिको मृत्यु भएको घटनाबारे प्रतिक्रिया दिँदै लामिछानेले पीडित पक्षको आवाज गम्भीर रूपमा सुन्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस्