Logo
Logo

कर्मचारीलाई १५-१५ दिनमा तलब दिन महालेखाको निर्देशन


819
Shares

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

महालेखाले अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको ‘नीतिगत मार्गदर्शन’ अनुरूप हरेक महिनाको १५ दिन बितेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न पत्र पठाएको हो ।

अर्थमन्त्रालयबाट बजेट स्वीकृति प्राप्त भएको र अर्धमासिक भुक्तानीका लागि प्रणालीमा व्यवस्था मिलाइसकिएको पत्रमा उल्लेख छ ।

हरेक १५ दिनमा तलब भुक्तानीको व्यवस्था हाललाई संघीय सरकार अन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि परीक्षणका रूपमा रहेको प्रवक्ता सहमहालेखा नियन्त्रक दीपक लामिछानेले जानकारी दिए ।

यो नियम हाल संघीय कर्मचारीलाई मात्र परीक्षणको रूपमा रहेको भन्दै प्रदेश र स्थानीय सरकारको हकमा तत् निकायले अघि बढाउन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्