काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
कुन कुन सदस्यको सदस्यता खारेजी गरिएको भन्नेबारे रास्वपाले जानकारी गराएको छैन ।












