काठमाडौं । सरकारले २०८३/८४ सालको नीति तथा कार्यक्रममा केही रेलमार्गका योजना पनि घोषणा गरेको छ।

लामो समयदेखि चर्चामा रहेको पूर्वपश्चिम रेलमार्गको योजनालाई निरन्तरता दिँदै नीति तथा कार्यक्रममा केरूङ–काठमाडौं र रक्सौलकाठमाडौं रेलमार्गको बारेमा पनि उल्लेख गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।












