काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै क्रममा संसद् बैठक हलबाट बाहिरिएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह बैठक हलबाट बाहिरिएका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा अन्य मन्त्री तथा सांसदहरू भने बैठकमै उपस्थित थिए । प्रधानमन्त्री शाह अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नजिकै बसेका थिए ।












