
काठमाडौं । सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गर्ने घोषणा गरेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रमप्रस्तुत गर्दै सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने बताएका हुन् ।
नेपाल सरकारले सन्तुलित कूटनीति अपनाउने उल्लेख गर्दै उनले छिमेकी र मित्र राष्ट्रहरूसँग बहुपक्षियताको आधारमा सम्बन्ध कायम गरिने बताए ।
राष्ट्रपतिले विदेशस्थित नियोग मार्फत ब्रान्ड नेपाल अभियान चलाउने उल्लेख छ । पर्यटन पूर्वाधारमा विदेशी लगानी ल्याइउने पनि उल्लेख गरेका छन् ।












