Logo
Logo

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने सरकारको घोषणा


0
Shares

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित पुनर्संरचना गरिने बताए ।

सेवाग्राहीले सहज, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पाउने गरी कार्यक्रमलाई सुधार गर्नुपर्ने माग उठाइरहेका छन् । हालको स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह प्रभावकारी नभएको, अस्पतालहरूले बिरामीलाई आवश्यक सेवा दिन आनाकानी गर्ने, औषधि अभाव रहने तथा दाबी भुक्तानी ढिलो हुनेलगायत गुनासो बढिरहेका छन् ।

कतिपय नागरिकले बीमा शुल्क तिरे पनि अपेक्षित सेवा नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागु गर्दै आवश्यक जनशक्ति औषधि उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गर्ने सरकारले नीति लिएको छ ।

‘स्वास्थ्य सेवालाई लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पताल सम्मको पहुँच सुनिश्चित गरिनेछ,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्