Logo
Logo

कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


315
Shares

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै संवैधानिक इजलासले यस्तो आदेश गरेको हो । दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले भने फरक राय राखेका छन् ।

सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थामा रहेका ट्रेड युनियनहरू खारेज गरेको थियो । यसअघि आजै सर्वोच्चले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्