काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसईई परीक्षामा ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको छ । यो समूहमा ४८ हजार ३९२ विद्यार्थी रहेका छन् ।
बोर्डका अनुसार यस वर्ष ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२ विद्यार्थी छन् ।
यसैगरी, २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ९७७ रहेको छ । २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० विद्यार्थी रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ रहेको बोर्डले जनाएको छ ।
एसईईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड (अवर्गीकृत) भएका छन् ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले यसपटक नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।
यस वर्ष एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४२१ विद्यार्थीले फाराम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले फाराम भरेका थिए ।
फाराम भर्ने विद्यार्थीतर्फ २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।
कसरी हेर्ने नतिजा ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी ?
–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app












