काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने जनाएको हो ।

बोर्डका अनुसार पूरक परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ । नन–ग्रेडेड भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ ।
यस वर्षको एसईईमा नियमिततर्फ चार लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको विस्तृत कार्यतालिका तथा परीक्षा केन्द्रसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने जनाएको छ ।












