Logo
Logo

सुधन गुरुङमाथि छानबिन किन ढिलाइ ? सरकारलाई आङदेम्बेको प्रश्न


441
Shares

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपको छानबिन किन नभएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

The current image has no alternative text. The file name is: angdembey.jpg

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारको आरोपमा अन्यलाई कारबाही गर्ने तर उच्च पदस्थ व्यक्तिमाथि छानबिन नगर्ने प्रवृत्तिलाई प्रश्नवाचक भन्दै सरकारको सुशासनमा शंका व्यक्त गरे ।

आङदेम्बेले भने, “अरुलाई भ्रष्टाचारको आरोपमा खेद्ने तर तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपमा छानबिन नगर्नु कस्तो सुशासन हो रु निष्पक्ष छानबिन गर्न किन हिच्किचाइएको छ र? ”

उनले सरकार सामाजिक सञ्जाल र बाह्य दबाबका आधारमा निर्णय लिन बाध्य देखिएको टिप्पणी गर्दै लोकतन्त्रलाई बन्द कोठामा सीमित गर्न नहुने बताए ।

आङदेम्बेले वर्तमान शासन शैली अस्वाभाविक बन्दै गएको भन्दै आफ्नो पार्टीले समर्थन गर्न नसक्ने स्पष्ट पारे । साथै सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यले नागरिकमा त्रास फैलिएको आरोप लगाउँदै सरकार नागरिकप्रति अभिभावक होइन, कठोर बन्न खोजेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्