Logo
Logo

रास्वपाको महाधिवेशन असार ६, ७ र ८ गते प्रस्ताव


126
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार पहिलो साता गर्ने प्रस्ताव गरिएको छ । 

The current image has no alternative text. The file name is: rasapa-2.jpg

पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् । महाधिवेशन चितवनमा गर्ने प्रस्ताव गरिएको छ । 

यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।  आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनसहित विविध विषयमा छलफल भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्