Logo
Logo

प्रधानमन्त्री बालेन संसद्मा आज पनि नबोल्ने


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् ।

आज ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि उनको स्थानमा सरकारको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।

योसँगै संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनको पर्खाइ लम्बिने भएको छ । सरकारले आजै नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्