Logo
Logo

सभामुखको आग्रह: ‘रूलिङ होइन, प्रधानमन्त्रीसँग संवाद गर्छु’


0
Shares

The current image has no alternative text. The file name is: sabhamukh.jpg

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको उपस्थितिबिना नीति तथा कार्यक्रममाथिको छलफल अघि बढ्न नसक्ने अडान दोहोर्‍याएको छ ।

प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने बताएका थिए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराएका थिए ।

जवाफमा सभामुख डोलप्रसाद अर्यालले तत्काल रूलिङ नगर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीसँग संवाद गरेर भोलिको कार्यक्रम तय गर्ने बताएका हुन् । साथै उनले आजको कार्यसूची अघि बढाउन दलहरूलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्