Logo
Logo

सुकुमबासी बस्तीमा सुत्केरी घिसारिएको घटनामा गृहमन्त्रीको जवाफ माग


378
Shares

काठमाडौं । ज्ञानेन्द्र शाही ले सुकुमबासी बस्ती हटाउने क्रममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै गृहमन्त्रीबाटै जवाफ माग गरेका छन् ।

The current image has no alternative text. The file name is: gynaendra-shahi.jpg

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले सुत्केरी महिलालाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तकसमेत ल्याउन नदिई उठाइएको घटनाप्रति गम्भीर आपत्ति जनाए ।

शाहीले यस्तो संवेदनशील विषयमा कर्मचारी होइन, गृहमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने बताए । “सकेसम्म प्रधानमन्त्री नै आउनुपर्ने हो, नभए गृहमन्त्री आउनैपर्छ,” उनले भने ।

उनले जिम्मेवार व्यक्ति उपस्थित नभएसम्म छलफलको औचित्य नरहने स्पष्ट पार्दै बहुमतका आधारमा प्रक्रिया अघि बढाउनु लोकतान्त्रिक संस्कारविपरीत हुने टिप्पणी गरे ।

सुकुमबासी बस्तीमा भएको प्रहरी दमनबारे गृह प्रशासनले संसद् र समितिलाई स्पष्ट जवाफ दिनुपर्ने उनको अडान छ ।

प्रतिक्रिया दिनुहोस्