Logo
Logo

वैकल्पिक व्यवस्था नगरी सुकुमबासी बस्ती नभत्काउन आग्रह


504
Shares

काठमाडौं । पूजा चौधरी ले सुकुमबासी बस्ती हटाउनुअघि भूमिहीन परिवारको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन् ।

The current image has no alternative text. The file name is: puja-chaudhary.jpg

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाका सुकुमबासीहरूको अवस्था अत्यन्त कष्टकर बनेको बताइन् ।

बस्ती हटाइएपछि खानपान, पिउने पानी र बालबालिकाको शिक्षामा गम्भीर असर परेको उल्लेख गर्दै उनले अभिभावक र बालबालिका छुट्टाछुट्टै बस्न बाध्य भएको बताइन् । “न राम्रो खानाको व्यवस्था छ, न पिउने पानीको । बालबालिका कहिलेदेखि विद्यालय जाने भन्ने विषय पनि अन्योलमै छ,” उनले भनिन् ।

चौधरीले बासको ग्यारेन्टी र आधारभूत आवश्यकताको सुनिश्चितता नगरी डोजर चलाउनु न्यायसंगत नहुने तर्क गरिन् ।

सुकुमबासी समस्या समाधान गर्ने नाममा भूमिहीनलाई थप पीडा नदिन उनले सरकारलाई आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्