काठमाडौँ । राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार राष्ट्रिय सभाले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।

सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो।
राष्ट्रिय सभाका संशोधन प्रस्तावहरू सांसदहरूले राखेका थिए । सत्तारुढ रास्वपाको प्रतिनिधित्व नै नभए पनि अन्य दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्।














