Logo
Logo

संसदमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीको अवरोध जारी


693
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक वासना थापा ले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएकी छन् ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिने तयारी भएपछि विपक्षी दलहरूले त्यसको विरोध जनाएका हुन् ।

थापाले भनिन्, “हामी दिनभर चुपचाप बसेर जिम्मेवारीपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गर्‍यौँ। नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिने बेला प्रधानमन्त्री कहाँ हुनुहुन्छ? यो प्रधानमन्त्रीको अनुपस्थिति स्वयं उहाँकै अपमान होइन र? हामी रुलिङ चाहन्छौँ। कुनै पनि बहानामा होइन, प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ। उहाँ उपस्थित नभएसम्म हाम्रो अवरोध जारी रहन्छ।”

त्यस्तै नेकपा एमालेका ऐन महर ले प्रधानमन्त्री जवाफ दिनका लागि भए पनि सदनमा उपस्थित हुनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल ले विपक्षीले दिनभर धैर्य गरेर सदन सञ्चालनको वातावरण बनाए पनि सत्तापक्षले त्यसलाई बेवास्ता गरेको टिप्पणी गरे ।

त्यस्तै श्रम संस्कृति पार्टीका आर्यन राई ले सत्तापक्षकै सांसदहरूको समेत गुनासो सम्बोधन गर्न प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही ले प्रधानमन्त्रीले सदनमा भाषण गर्न नभई नीति तथा कार्यक्रममाथिको जवाफ दिनका लागि मात्र उपस्थित हुनुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्