Logo
Logo

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित


567
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थित हुनुपर्ने मागसहित सदन अवरोध गरेका हुन् ।

The current image has no alternative text. The file name is: samsad-1.jpg

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरेसँगै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका हुन् ।

त्यसपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलकी सचेतक वासना थापालाई समय दिए । उनले प्रधानमन्त्रीको उपस्थिति माग गरिन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेसँगै विपक्षीले विरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्