Logo
Logo

हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


0
Shares

काठमाडौँ । कीर्तिपुरमा युवकको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

काठमाडौँको कीर्तिपुरमा वैशाख २३ गते गुल्मीको धुरकोटका विपिन घिमिरेको खुकुरी प्रहार गरि हत्या गरिएको थियो। हत्यामा संलग्न रहेको आरोप लागेका तीन जना त्यही दिन पक्राउ परेका थिए भने एक जना सुजन शाही फरार रहेका थिए।

सुजन लुगेर बसेको सूचनाका आधारमा बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चोभार पुगेको थियो। प्रहरी टोलीले उनलाई नियन्त्रण लिन खोज्दा आक्रमण गरेको काठमाडौँ उपत्याका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए।

सामान्य विषयमा विवाद हुँदा विपिनमाथि खुकुरी प्रहार भएको थियो। गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।

हत्यामा संलग्न रहेको आरोपमा त्यही दिन काठमाडौँको कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछामको साँफेबगर नगरपालिका-४ का २५ वर्षीय महेन्द्र शाह, काठमाडौँको कीर्तिपुर नगरपालिका-१० पाँगा दोबाटो बस्ने कैलालीको बर्दगोरिया गाउँपालिका-४ का २३ वर्षीय रबिन्द्र धामी र काठमाडौँको कीर्तिपुर नगरपालिका-८ सिनेमा हल बस्ने कैलालीको घोडाघोडी नगरपालिका-१ का २२ वर्षीय रोशन विष्ट पक्राउ परेका थिए।

विपिन पनि कीर्तिपुर-३ मा बस्दै आएका थिए। साथीसाथी बीचमा विवाद हुँदा धारिलो हतियार प्रहार भएको थियो।

प्रतिक्रिया दिनुहोस्