Logo
Logo

बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा


315
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपाल नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: rain.jpg

हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी भू/भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू९भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू/भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको  सम्भावना रहेको छ।

त्यसैगरी आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्