Logo
Logo

वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त


1k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा पाँच जनाको नाम नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्ये पाँच जना नियुक्त गरेको हो ।

The current image has no alternative text. The file name is: Nepal-Airline-Corporation-Building.jpg

मन्त्रालयले सार्वजनिक गरेको सूचीमा डा। दीपकप्रसाद बास्तोला (पोखरा–३०, कास्की), प्रविन भट्टराई (भरतपुर–२, चितवन), महेन्द्रभक्त श्रेष्ठ (ललितपुर–१३, ललितपुर), रूप लामिछाने (गोकर्णेश्वर–१, काठमाडौं) र लिलाराज ढकाल (आँधीखोला–६, स्याङ्जा) रहेका छन् ।

मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्तिका लागि गत १२ वैशाखमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार २७ जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरूको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ता पश्चात् छनौट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट पाँच जना छानिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नियुक्ति लिन सम्बन्धित उम्मेदवारलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित हुन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्