काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले संसद्मा प्रधानमन्त्रीको अनुहार हेर्न नभई काम गर्न बोलाइएको बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा अनुपस्थित भइरहँदा उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संसद्मा प्रधानमन्त्रीको अनुहार हेर्न होइन, काम गर्न बोलाइएको हो ।’
शाहीले प्रधानमन्त्रीलाई संसद्मा भाषण गर्न नभई काम गर्न बोलाइएको जिकिर गर्दै उनको मूल काम नीति निर्माण गर्नु भएको र नीति निर्माण गर्ने सर्वोच्च थलो संसद् भएको बताए । साथै उनले नीति निर्माण कुनै गोप्य कोठा नभई संसद्मा गरिने भनाइ राखे ।
‘प्रधानमन्त्रीलाई संसद्मा भाषण गर्न होइन, काम गर्न बोलाइएको हो। उहाँको मूल काम नीति निर्माण गर्नु हो, र नीति निर्माण गर्ने सर्वोच्च थलो संसद् हो नीति निर्माण संसद्मा गरिन्छ कुनै गोप्य कोठा होइन,’ उनले लेखेका छन् ।














