Logo
Logo

ओलीको सन्देश लिएर मुख्यमन्त्री शाहले भेटे गगन


2.3k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी सभापति गगन थापासँग भेट गरेका छन् । पार्टी कार्यालय सानेपामा सभापति थापा र मुख्यमन्त्री शाहबीच भेटवार्ता भएको हो ।

मुख्यमन्त्री शाहले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डु पुगेर भेट गरेका थिए । एमाले अध्यक्ष ओलीसँग भएका संवाद र सन्देश लिएर मुख्यमन्त्री शाहले पार्टी सभापति थापालाई भेट्न गएका हुन् ।

उनीहरूबीच करिब ३० मिनेटभन्दा बढी समय छलफल भएको बताइएको छ । छलफलमा ओलीको स्वास्थ्य अवस्था, कांग्रेस–एमालेको सहकार्य, सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे कुरा भएको थियो ।

ओलीले कांग्रेस, एमाले र नेकपाबीच सत्ता सहकार्यको विषयमा मुख्यमन्त्री शाहसँग संवाद गरेका थिए । त्यस विषयमा अब केही दिनभित्र सभापति थापा र अध्यक्ष ओलीबीच निर्णायक छलफल हुने स्रोतले जानकारी दियो । उता नेकपाले पनि एमालेसँग सहकार्यको संवाद चलाइरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्