Logo
Logo

मधेश प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम सर्यो


441
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्र पठाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्णय नदिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने व्यवस्था जेठ ८ गतेका लागि मिलाउन सभामुखलाई पत्रलाई पठाएका हुन् ।

वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यक्रम थियो । तर जसपा नेपाल विश्वासको मत दिने या नदिने विषयमा अनिर्णीत भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम सारेका हुन् ।

मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने विषयमा जसपा नेपालमा फरक फरक मत रहेको छ । केही सांसदले विश्वासको मत दिने, केहीले नदिने भएपछि विवादका कारण मुख्यमन्त्रीले कार्यक्रम सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्