
काठमाडौं । सरकारी तथा सार्वजनिक खर्चमा वित्तीय अनुशासन नहुँदा मुलुकको बेरुजु अवस्था बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार राज्यको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
जसमा आर्थिक वर्ष २०८१÷८२ को बेरुजु मात्र ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ निस्किएको छ । ०८१÷८२ मा ५ हजार ५ सय २६ कार्यालयको ९४ खर्ब ८४ अर्ब ५० करोड लेखा परीक्षण हुँदा झन्डै १ खर्ब रुपैयाँ बेरुजु निस्किएको हो ।
गत वर्ष करिब ७ खर्ब ३३ अर्ब बेरुजु थियो । जसमा ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ फस्र्यौट भएको र अब कूल ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ बेरुजु बाँकी भएको महालेखा परीक्षक तोयम रायाले जानकारी दिए ।














