Logo
Logo

नेतृत्वको अहङ्कारले पार्टी विभाजनको दिशामा जाँदै छ : पूर्णबहादुर खड्का


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा उन्मुख भएको बताएका छन् ।  शनिबार कर्णाली प्रदेश कांग्रेसले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले यस्तो बताए ।

The current image has no alternative text. The file name is: purna.jpg

उनले केन्द्रीय कार्यालय सानेपा र बाहिर रहेका आम कार्यकर्ताबीच ठूलो खाडल रहेको बताए । “सानेपाको कांग्रेस र बाहिरी कांग्रेसलाई एक ठाउँमा ल्याउन नसके पार्टी विसर्जनको बाटोमा जानेछ,” खड्काले भने, “देशी–विदेशी षड्यन्त्रले पार्टी विभाजन गराउने प्रयास भइरहेको छ ।”  

उनले वर्तमान नेतृत्वमा अहङ्कार मौलाएको आरोप लगाए । व्यक्तिगत स्वार्थ, पारिवारिक लाभ र धनको मोहले सङ्गठनलाई क्षति पुर्‍याएको भन्दै खड्काले नेताहरूलाई कार्यकर्तामाझ पुगेर गल्ती स्वीकार गर्न आग्रह गरे । तर, अहिले नेतृत्वले अहम् बोकेर एकअर्कालाई ललकारिरहेको र अनेकता फैलाइरहेको उनको टिप्पणी छ । 

खड्काले अनुशासनको नाममा कार्यकर्तालाई तर्साउने प्रवृत्तिको समेत आलोचना गरे । ‘भोट नदिएको निहुँमा क्रियाशील सदस्यलाई कारबाही गर्ने मेरो पूर्ण असहमति छ,’ उनले भने । उनले निर्वाचनमा इतिहासकै कमजोर परिणाम आएको बेला नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिँदै सबै नेताहरूलाई अहङ्कार त्यागेर गाउँ–बस्तीमा पुगी पार्टी एकताका लागि लाग्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्