Logo
Logo

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा


315
Shares

जनकपुरधाम । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ । शनिवार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो ।

The current image has no alternative text. The file name is: janaki.jpg

जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा जनकपुरधामका सम्पदाहरूको परिक्रमा गरी महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो ।

सम्पदा यात्रामा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका सम्पदाहरूको बाजागाजासहित पद यात्रा गरिएको हो ।

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ ।

यात्रामा स्थानीय युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्