Logo
Logo

विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपकाबीच रास्वपा सांसदले देखाए छाती


3.8k
Shares

काठमाडौं । रास्वपा सांसद कृष्णकुमार कार्कीले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । 

आज सांसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई  प्रतिक्रिया दिँदै उनले आफूलाई केही थाहा नभएको बताएका हुन् ।  सञ्चारकर्मीले बारम्बार प्रश्न गरेपछि उनले भने, ‘म तपाईंहरुलाई एउटा कुरा देखाउँछु क्या ।’ त्यसपछि उनले आफ्नो कोट र टिसर्ट पूरै माथि उचालेर नाङ्गो छाती देखाए ।

अनि सोधे, ‘कहिँनेर मेरो ट्याटु छ ?’ त्यसो भए तपाईँ अब के गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले जवाफ दिएनन् । ‘प्रोसेस होला नि त, प्रमाण देखाइसके होइन ?’ कार्कीले भने ।

‘तपाईंलाई मैले छाती खोलेर देखाएको होइन रु देख्नु भयो त टाटु ? अनि ?’ उनले प्रतिप्रश्न गरे । गाडी सिकाएको चाहिँ के हो त ? ‘यो सबै छानबिन हुन्छ क्या । त्यसपछि भनुँला ।’

कार्कीले भने, ‘म २०६७ सालदेखि नेपालमा छैन । ७१ सालतिर चरी मरेको । म चरीको केटा हो त ? यत्तिकै बोल्दिने ? ल्याउनुपरो नि  प्रमाण । त्यही भएर मलाई बोल्नै मन लाग्दैन ।’

हिजो संसद्मा बोल्न नाम टिपाएर पनि नबोलेको विषयमा प्रश्न गर्दा उनले जवाफ दिए, ‘म संसद्मै थिएँ । तर मैले शून्य समयमा बोल्न सिग्नेचर गरेको थिइनँ । सिग्नेचर नगरेको मान्छेको नाम आउँद्यैन । तर मेरो आयो । के भएको भनेर अहिले भर्खर कुरा गरेको छु । यति भनेर उनी मोटरसाइकल चढेर हिँडे ।

प्रतिक्रिया दिनुहोस्