Logo
Logo

आफ्नै सरकारप्रति अमरेश कुमार सिंहको असन्तुष्टि


504
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेश कुमार सिंहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता आफूले स्वीकार नगर्ने बताएका छन् ।

प्रतिनिधि सभामा मङ्गलवार छलफलमा भाग लिँदै बजेटका सिद्धान्त र प्राथमिकतामा मधेशलाई उपेक्षा गरिएको भन्दै त्यसलाई आफूले स्वीकार नगर्ने बताएका हुन् । सांसद सिंहले बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित रहेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले आफ्नो २० बर्षे संसद्को कार्यकालमा अर्थमन्त्री नहुँदा छलफल चलिरहेको पहिलो पटक देखेको भन्दै नयाँको नाममा सबै कुरा भत्काउन नहुने बताए ।  

उनले परिवर्तन गर्ने नाममा सबै परम्परा र थिति परिवर्तन नहुने भन्दै अर्थमन्त्रीको उपस्थिति बिना बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफल हुन नसक्ने जिकिर गरे ।

साथै उनले सरकारले बजेटका सिद्धान्त र प्राथमिकतामा मधेशलाई उपेक्षा गरेको आरोप लगाउँदै मधेश विस्फोटको अवस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्