Logo
Logo

राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा


693
Shares

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

हिजो बेलुका न्यु चण्डीगढमा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको लक्ष्य गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

गुजरातका कप्तान शुभमन गिलले ५३ बलमा १०४ रन बनाए । साई सुदर्शनले ३२ बलमा ५८ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

राजस्थानका वैभव सूर्यवंशीले ४७ बलमा ९६ रन बनाए पनि टोली पराजित भयो । अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)सँग खेल्नेछ ।

फाइनल खेल भोलि बेलुका पौने ८ बजे अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्