Logo
Logo

सिंहदरबारमा विपक्षी दलको बैठक जारी


567
Shares

काठमाडौं । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको छ ।  प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बसेको हो । 

The current image has no alternative text. The file name is: political.jpg

सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेका थिए । यस विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ । 

विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी पनि सहभागी भएको छ । यस अघिका विपक्षी दलका बैठकमा श्रम संस्कृति पाटीले सहभागिता जनाएको थिएन । यसले विपक्षी दलहरूले अब सरकारको विरोधमा एकजुट हुने देखाएको छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची रहेको छ  । 

प्रतिक्रिया दिनुहोस्