Logo
Logo

प्रधानमन्त्रीले संसद्बाटै माफी नमागेसम्म बैठक चल्न नदिने विपक्षीहरुको निर्णय


252
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले ‘प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको नेकपाका प्रमुख युवराज दुलालले जानकारी दिए ।

The current image has no alternative text. The file name is: political.jpg

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल-भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हाेइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए । यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदीय अखिलेखबाटै हटाउनुपर्ने माग राखेका हुन् । यो मागलाई विपक्षी दलहरूले अडानकै रूपमा संसद्मा राख्ने भएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको भए पनि केही ढिला भएको छ । जहाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/०८४ को को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आज नै आर्थिक वर्ष २०८३/०८४ राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची पनि छ ।कार्यसूचीमा बैठक प्रवेश गर्नु अगाडि नै प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउनुपर्ने माग राखेर संसद्मा आवाज उठाउने तयारी विपक्षी दलहरूले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्